नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

श्रम तथा रोजगार कार्यालय

बिरगंज , नेपाल

परिचय

परिचय

नेपालमा वि.सं. १९९३ सालमा सर्वप्रथम कम्पनी ऐन बन्यो र सो पश्चात् वि.सं. १९९४ सालमा नेपाल बैंकको स्थापना भयो । यद्यपी उक्त बैँक अस्तित्वमा रहेको छ । त्यस पछि क्रमशः देशमा उद्योगधन्दाहरुको स्थापना हुने क्रम शुरु भयो र सो पछि विराटनगर र विरगञ्जमा २१ वटा उद्योगहरु स्थापना हुन पुगे । त्यस वखत त्यस्ता उद्योगहरुमा काम गर्ने कामदारहरुको हकहितको विषयमा कुनै कानून बनेको थिएन नकि कुनै यूनियन स्थापना गर्ने प्रावधान नै थियो र स–साना उद्योगहरुका उत्पन्न विवाद समाधान गर्ने र विवाद मिलाउने जिम्मा तत्कालिन वडा हाकिमलाई थियो । वि.सं. १९९२ मा स्थापित उद्योग परिषद्ले भने ठूला–ठूला उद्योगका विवादमा मध्यस्थता गरी विवाद समाधान गर्ने गरिन्थ्यो । खास गरी नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि क्रमशः उद्योगधन्दाहरु स्थापना हुने क्रम बढ्यो । वि.सं. २०१६ सालमा औद्योगिक कर्पोरेशन ऐन, कारखाना र कारखानामा कामगर्ने ऐन बन्यो । त्यसै गरी वि.सं. २०१८ सालमा औद्योगिक व्यवसाय ऐन पनि जारी भयो । उल्लेखित ऐनहरुले केही हद सम्म उद्योग व्यवसायी र कामदार तथा सरकारी निकायको काम कर्तव्य र अधिकारहरुको व्यवस्था गरेको पाईन्छ । यसरी नेपालमा उद्योगको स्थापना लगायत कामदारको हित संरक्षण गर्ने काम गरेको पाईन्छ । वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात् नेपालमा प्रजातन्त्रको पुनः स्थापना भएको र वि.सं. २०४७ सालको संविधानले निर्दिष्ट गरेको मौलिक हक र राज्यले अवलम्वन गर्ने नीति निर्देशक सिद्धान्तका आधारमा वि.सं. २०४८ सालमा श्रम ऐनको व्यवस्था भई वि.सं. २०५० मा श्रम नियमावली निर्माण भयो । त्यसैगरी वि.सं. २०४९ सालमा ट्रेड यूनियन ऐन र २०५० मा नियमावलीको निर्माण भए पछि कामदारहरुले आफ्नो हक हित र सुरक्षाको लागि संगठित हुँदै संगठन गर्ने अधिकारको प्रत्याभूमी समेत प्रदान गरियो । यसै क्रममा २०६२÷६३ को जनआन्दोलन र २०७२ मा नयाँ संविधान जारी भए सँगै मुलुकको बदलिँदो शासकिय संरचना र सोही अनुरुप श्रम क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्ने गरी नयाँ श्रम ऐन २०७४ र नियमावली २०७५ जारी भयो । यसरी नेपालमा औद्योगिक नीति निर्माण गर्दै सो अनुरुप आधुनिक श्रम प्रशासनको थालनी भयो ।

उद्देश्य

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो बनाई बेरोजगारी घटाउने र औद्योगिक सुसम्बन्ध कायम गरी श्रमिकहरुको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्यवातारणको सिर्जना समेतबाट श्रम सम्बन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने विभागको उद्देश्य रहेको छ। श्रम सम्बन्धी क्षेत्रको खास उद्देश्य निम्नबमोजिम छन्: स्वदेशी तथा अन्तराष्ट्रिय श्रम बजारको मागअनुरुप दक्ष एवं प्रतिस्पर्धी श्रम शक्ति तयार गरी बेरोजगारी घटाउने। औद्योगिक व्यवसाय र अनौपचारिक क्षेत्रमा श्रमरत कामदारहरुको सुरक्षा तथा काम गर्ने स्वस्थ्य वातावरण पर्रवर्द्धन गर्ने। रोजगारीमा महिला, युवा, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, द्वन्द्व प्रभावित तथा सीमान्तीकृत क्षेत्र र समूहका व्यक्तिहरुको पहुँच सुनिश्चित गर्ने।

कार्य

श्रम तथा रोजगार कार्यालयको कार्यक्षेत्र मूलतः श्रम प्रशासन नै हो । ‍मुलतः देहायका विषयहरू कार्यालयको कार्यक्षेत्र अन्तरगत पर्दछन् : · देशभित्र श्रम सम्बन्धको विकास गर्ने। · श्रमिक हक हित प्रवर्द्धन गर्ने। · आन्तरिक श्रम बजार र्सर्भेक्षण गर्ने · प्रतिष्ठानस्तरकाट्रेड यूनियनहरुको दर्ता तथा नवीकरण गर्ने। · व्यवसायजन्य सुरक्षा कायम गर्ने। · कार्यालयको कार्यक्षेत्र अन्तरगतका श्रमिकहरुको अद्यावधिक तथ्याङ्क राख्ने। · श्रमशक्तिको विकास तथा सदुपयोग गरी उत्पादकत्व वृद्धि गर्ने। · कामदारहरुको सम्बन्धमा आउने श्रम विवादको समाधान गर्ने । · विभिन्न गोष्ठी, सेमिनारमा भाग लिने/ आयोजना गर्ने। · श्रम सम्बन्धी विषयका तथ्याङ्क एवं सूचनाहरु उपलव्ध गराउने। · श्रम व्यवस्थापन सम्बन्धमा पर्रवर्द्धनात्मक कार्य गर्ने । · श्रम सम्बन्धी कानूनको पालना गराउने ; नभएकोमा कारवाही गर्ने । · वैदेशिक रोजगार विभागद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गरी वैदेशिक रोजगारमा जाने कामदारहरुलाइ पुनः श्रम स्वीकृति प्रदान गर्ने ।

Kabar Indonesia Berita Indonesia Liputan Indonesia Indonesia Hari ini Berita Terbaru Liputan Seputar Indonesia BeritaKita NusaNews KabarNusantara LensaBerita InfoIndonesia SatuBerita SuaraKabar CakrawalaNews FaktaNusantara IndonesiaUpdate RadarNusantara BeritaCerdas PantauBerita NarasiIndonesia BeritaSatu ViralNusantara KabarKita WartaIndonesia BeritaNet JurnalNusantara kampungbet andara88 ledakslot ledakslot kampungbet